Logo

राजनीति

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप



काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न पार्टीका सांसदहरूलाई ह्विप लगाएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तोलाले ह्विप जारी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यही वैशाख २८ गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

त्यसदिन सभामा अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन एमालेले ह्विप लगाएको हो । ‘नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ’ पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १४:४८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।