Logo

अर्थ

बुटवल पावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडाैं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीको खुद नाफा १६.७९ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनी ३१ करोड २ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.७६ प्रतिशतले बढी हो ।

कम्पनीको साधारण खर्च १९ करोड ९१ लाख, वितरण खर्च ९ करोड ९३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च ९ करोड ९३ लाख र वित्त खर्च ६१ लाख ४० हजार रुपैयाँ रहेको छ ।

३ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६२ करोड ८० लाख र कुल चालु दायित्व २७ करोड ५६ लाख रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस )त्रैमासिक ६.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०७.६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ११:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।