काठमाडौं । तेस्रो त्रैमासिक समीक्षा अवधिमा शिवम् सिमेन्टको नाफा बढेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म खुद नाफा ४० करोड छ । यो रकम अघिल्लो आवको तुलनामा ९६.०७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी ५ अर्ब ९९ करोडबाट ५ अर्ब ३९ करोडमा झरेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ छ । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३३ रुपैयाँ छ ।




















प्रतिक्रिया