काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी १ अर्ब ३९ करोड रुपैयाँ घाटामा थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी ६ अर्ब ५३ करोडबाट घटेर ४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।
२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १२ अर्ब १८ करोड रुपैयाँले ऋणात्मक छ । कम्पनीको इपीएस ९.७६ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ छ ।




















प्रतिक्रिया