काठमाडाैं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो ।
अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको कुल आम्दानी ५७.९९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो त्रैमाससमा भने कम्पनीको आम्दानी १३ करोड ६१ लाख रहेको थियो ।
कम्पनीको अघिल्लो त्रैमाससमा १२ करोड ७७ लाख रहेको कुल खर्च बढेर २० करोड ५६ लाख पुगेको छ । ६० करोड चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.५४ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया