काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ । सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो ।
सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो ।
आईपीओ पाइपलाइनको सूचीबाट सबैभन्दा बढी जलविद्युत् कम्पनीहरू रहेका छन् । जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र रिचेट जलविद्युत कम्पनी छन् ।
त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेड पनि आईपीओको पाइपलाइनबाट सेबोनले हटाएको छ ।




















प्रतिक्रिया