काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १९.४० अंकले बढेर २६८८ को विन्दुमा कायम भएको छ ।
आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया