काठमाडौं । सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो ।
सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।




















प्रतिक्रिया