Logo

अर्थ

नेपाल लाइफले बीमालेख कर्जाबाट कमायो ३ अर्बभन्दा बढी ब्याज



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेखको धितोमा बीमितलाई वितरण गरेको कर्जाबाट एक वर्षको अवधिमा ३ अर्ब रूपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ ।

इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन अनुसार कुल ३ अर्ब ३ अर्ब ३९ करोड २६ लाख रूपैयाँ ब्याज आम्दानी भएको छ ।

अघिल्लो आव २०७९/८० मा इन्स्योरेन्सलेले बीमितसँग कुल २ अर्ब ९७ करोड ६८ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो । गत आवमा ब्याज वापतको आम्दानी १३.९६ प्रतिशतले बढेको थियो ।

इन्स्योरेन्सको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार गत आवमा बीमालेख धितोमा इन्स्योरेन्सले कुल ३३ अर्ब ३९ करोड ४७ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो आव भन्दा गत आवमा बीमालेख कर्जा रकम ९.६४ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आर्थिक वर्ष २०८१/८२को तेश्रो त्रैमासम्ममा बीमालेख कर्जाको ब्याज वापत २ अर्ब ७५ करोड ९० लाख रूपैयाँ आम्दानी गरिसकेको छ । गत आवको सोही अवधिमा बीमालेख कर्जावापत कुल २ अर्ब ४५ करोड ९४ लाख रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।

इन्स्योरेन्सको तेश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कर्मचारी कर्जा सुविधासहित कुल ३६ अर्ब ६४ करोड ९५ लाख रूपैयाँ कर्जा लगानी गरिएको छ ।

नेपाल लाइफले प्रवाह गरेको कुल कर्जा रकममध्ये बीमालेख धितोवापतको कर्जाले ९८ प्रतिशत हिस्सा ओगटेको छ ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार ११:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।