Logo

अर्थ

शिवम सिमेन्टद्वारा नो कम्प्रोमाइजको नयाँ संस्करण सार्वजनिक



काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रोमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रोमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम सिमेन्टकाे प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको छ ।

शिवम सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ र गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ ।

क्वालिटीको मामलामा नो कम्प्रोमाइज ‘गुणस्तरको पहिचान हो शिवम’, ‘भरोसा अटुट सम्बन्धको’ जस्ता सशक्त नाराहरूले नै शिवम् ब्राण्डको मूल पहिचान निर्माण गरेको छ । आफ्नो गुणस्तरको कारणले नै शिवम सिमेन्टले , सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटि अवार्ड २०१९ मा प्रथम पुरस्कारबाट सम्मानित समेत भएको थियो ।

हालै सार्वजनिक गरिएको अभियान टिजरले चलचित्रको ट्रेलर झैं सिनेम्याटिक प्रस्तुति दिँदै ग्राहक माझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यस पछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ ।

शिवम सिमेन्टका प्रतिनिधीका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरु धेरै भिडियो सामग्री समेत तयार भइसकेकाे र, क्रमशः सार्वजनिक गरिँदै जाने कम्पनीले बताएकाे छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार १२:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।