काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।
समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक माहाप्रवन्धक सैलेन्द्र श्रेष्ठ र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसका प्रशासन प्रमुख सन्तोस निरौलाले हस्ताक्षर गरेका हुन् ।




















प्रतिक्रिया