काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसारलाई जोगाउने हो भने सबैभन्दा पहिला नेपालमा रहेका उच्च हिमालहरूलाई जोगाउनुपर्ने बताएका छन् ।
सगमाथा बेसक्याम्पबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
जलवायु परिवर्तनबारे विश्वलाई सचेत गराउँदै हामीले आग्रह र दबाब दुवै माध्यमबाट पहाडको संरक्षणको आवश्यकता उठाउनु पर्ने उनको भनाइ छ ।
संसारका ८ हजार मिटरभन्दा अग्ला १४ मध्ये ८ वटा हिमाल नेपालमा हुनु वरदान भएको उनले उल्लेख गरेका छन् । शर्माले काठमाडौंमै बसेर सजिलै टिप्पणी गर्नेभन्दा पनि हिमालको अवस्थाबारे नियमित अनुगमन र सरकारको उपस्थिति बेसक्याम्पहरूमा सुनिश्चित गरिनुपर्ने बताएका छन् ।




















प्रतिक्रिया