Logo

समाचार

तीनकुने घटना: एनी कुँवरविरुद्ध मुद्दा चलेन, भइन् रिहा



काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेकी एनि कुँवरविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन पठाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय भने उनी संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै उनी गत आइतबार परिसरको हिरासतबाट छुटेकी छिन् ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार १४:४४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।