Logo

अर्थ

भिजिट भिसा प्रकरण: अमेरिकाले रद्द गर्‍यो सहसचिव भट्टराईको ‘भिसा’



काठमाडाैं । भिजिट भिसामा जाने नेपाली यात्रुसँग रकम असुलेको आरोपमा अनुसन्धानमा तानिएपछि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई)का नाममा जारी भिसा अमेरिकाले रद्ध गरेकाे छ । भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया सुरू गरेसँगै अमेरिकाले पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा (प्रवेश अनुमति) रद्द गरेको हाे ।

स्रोतकाअनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । अमेरिकाले भिजिट भिसा प्रकरण गम्भीर भएकाे बताउँदै भिसा रद्ध गर्नुपरेकाे जनाएकाे छ ।

विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृतकाे रूपमा कार्यरत भट्टराईलाई गत बुधबार आयोगले नियन्त्रणमा लिएकाे थियाे ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ११:१०   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।