Logo

प्रमुख समाचार

राजावादी आन्दोलनको स्वरुप भद्र अवज्ञा र सत्याग्रह हुने



काठमाडौं । संविधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको मागसहितको आन्दोलन भोलि जेठ १५ गतेदेखि सुरु हुने भएको छ । संयुक्त जनआन्दोलन समितिले बुधबार अपिल जारी गर्दै आन्दोलन पूर्णतः शान्तिपूर्ण, भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा सञ्चालन गरिने जानकारी दिएको छ ।

समितिका संयोजक नवराज सुवेदीद्वारा जारी अपिलमा देशमा व्यापक भ्रष्टाचार, बेथिति र चौतर्फी संकट व्याप्त भएको भन्दै अबको आन्दोलनले मुलुकको अवस्था र व्यवस्था परिवर्तन गरिनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।

सरकारका तर्फबाट आन्दोलनमाथि सम्भावित दमनको चेतावनी र प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौंतर्फको नियन्त्रणको घोषणा सन्दर्भमा समितिले गम्भीर आपत्ति जनाएको छ। समितिले मानव अधिकार आयोग, सञ्चारमाध्यम र अन्य अधिकारसम्बन्धी संस्थाहरुलाई तीनकुने घटनाजस्तै संभावित हिंसात्मक अवस्थाप्रति चनाखो रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार ११:५६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।