काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट नगद लाभांश वितरण गर्ने भएको हाे ।
कम्पनीको जेठ १४ गते बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हिमालयन लाइफले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।




















प्रतिक्रिया