काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले भोलि जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । शान्तिबाटिकामा १२ बजेबाट सुरु हुने जनआन्दोलन शान्तिपूर्ण हुने उनीहरूको दाबी छ ।
त्यसै दिन नेकपा एमालेले गणतन्त्र दिवसको उत्सव काठमाडौंमा मनाउने तयारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा कार्यक्रमको निर्देशन दिएका छन् । एमालेले भृकुटीमण्डप, रत्नपार्क, पुतलीसडक क्षेत्र माग गरेको छ ।
चैत १५ को हिंसात्मक प्रदर्शनपछि सुरक्षाको चासो बढेको छ । त्यस प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।




















प्रतिक्रिया