Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई लाइल्याक वेलनेस एन्ड स्पामा १० प्रतिशतसम्म छुट



काठमाडौं । सिद्धार्थ बैंक र बौद्धस्थित लाइल्याक वेलनेस एन्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले लाइल्याक वेलनेस एन्ड स्पामा बैंकको प्लाटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयबारे थप जानकारीका लागि बैंकको चौबिसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १०:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।