Logo

अर्थ

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ जेठ २३ गतेदेखि खुला हुँदै



काठमाडाैं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री यही जेठ २३ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ ।

प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखि प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाई बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु-आस्वा सदस्य- का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १२:३८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।