काठमाडौं । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।
‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ । महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ’, अर्थमन्त्री पौडेलले भने ।




















प्रतिक्रिया