Logo

अर्थ

बजेटबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री



काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्ने भएको छ । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ ।

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १०:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।