Logo

समाचार

एनआरएनए जापानद्वारा भगवती माध्यमिक विद्यालयमा ५५ थान झोला वितरण



काठमाडाैं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद् (एनसीसी जापान)ले सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङ जिल्लाको बेलबारी नगरपालिका–३ मा अवस्थित श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

एनआरएनएले कक्षा १ देखि ३ सम्म अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहेन्दार ५५ जना विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको हो ।

संघको बालुवाटारस्थित कार्यालयमा आयोजित एक कार्यक्रममार्फत एनआरएनए जापानका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गरे ।

विद्यालय प्रशासनका अनुसार यस सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप प्रोत्साहन मिल्ने र उनीहरूको शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कार्यक्रमपछि वितरण गरिएका झोला सामग्री विद्यालयमार्फत स्थानीय तहमा सम्बन्धित विद्यार्थीहरूलाई प्रदान गरिनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १६:५८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।