Logo

प्रमुख समाचार

माइतीघरमा यातायात व्यवसायीको आन्दोलन



काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर-बानेश्वर सडकखण्डमा आन्दोलन गरेका हुन् ।

दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

व्यवसायीको आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १३:३१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।