Logo

प्रमुख समाचार

कमल थापा पक्राउपछि राजेन्द्र लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ



काठमाडौं । काठमाडौंमा जारी राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलन झनै चर्किने देखिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आज प्रहरीद्वारा नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा प्रतिक्रिया दिएका छन् ।

काठमाडौंको नक्शाल र बालुवाटार क्षेत्रमा प्रदर्शन भइरहेका बेला निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले थापा लगायत चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको  छ ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ।’ उनले कमल थापालाई ससम्मान फिर्ता नगरे काठमाडौँ ठप्प पार्ने चेतावनी समेत दिए ।

उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?’

लिङ्देनले आन्दोलनको बाध्यता राप्रपाको कमजोरी नभएको स्पष्ट पारे । उनले सरकारलाई चेतावनी दिँदै भने, ‘हाम्रो बाध्यतालाई कमजोरी नठान्नुस्।’

राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरू जेठ १५ गतेदेखि काठमाडौंमा निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १५:३८   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।