Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले गरे मधेशका ६४ सडकको एकसाथ शिलान्यास



जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आइतबार विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका छन् ।  प्रधानमन्त्री ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका हुन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १६:०२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।