काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार पक्राउ परेपछि सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्यङ्ग्य गर्दै धन्यवाद दिएका छन् ।
आइतबार दिउँसो काठमाडौँको नारायणचौरमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा थापा पक्राउ परेका थिए। उनलाई निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । राति नै उनलाई अन्य सात जना पक्राउ परेकासँगै प्रहरीले रिहा गरेको हो।
‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईँहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
साथै अध्यक्ष थापाले आफूले निषेधित क्षेत्र नतोडेको दाबी गरेका छन्। ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ’, थापाले भने ‘दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्प अझै सुदृढ भएको छ ।’




















प्रतिक्रिया