काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर राख्न गभर्नरलाई प्रस्ताव गरेका छन् । सोमबार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।
उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’
उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ । बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन् ।




















प्रतिक्रिया