Logo

राजनीति

सत्ता र प्रतिपक्ष दल छुट्टाछुट्टै छलफलमा



काठमाडौं । सभामुख देवराज घिमिरेसँगको संयुक्त छलफलपछि सत्ता पक्ष र प्रतिपक्षी दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

यसअघि सभामुखले आह्वान गरेको संयुक्त बैठकमा सभामुख र सत्तापक्षका प्रमुख सचेतकले गृहमन्त्रीलाई बोल्न दिन विपक्षीलाई आग्रह गरेका थिए ।

यसबारे विपक्षी दलहरू सकारात्मक रहेको सत्तापक्षको भनाइ छ । दुवै पक्षको छलफल संसद भवन बानेश्वरमै चलिरहेको छ ।

सभामुखले आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १३:३१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।