Logo

राजनीति

प्रतिनिधि सभाको बैठकअघि आन्तरिक छलफलमा दलहरू



काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् ।

सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ ।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको माग गरेका छन् । तर, छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको सर्त छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भइराखेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १२:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।