Logo

समाचार

गोताखोर बेपत्ता घटनाबारे बुझ्न सशस्त्र प्रहरीको मुख्यालयमा गृहमन्त्री



काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।

राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

बेपत्ता गोताखोरबारे बुझ्न लेखक शुक्रबार हल्चोक पुगेका हुन् । सशस्त्र प्रहरी हेडक्वाटरले घटनाबारे गृहमन्त्री लेखकलाई ब्रिफिङ गरेको छ ।

बेपत्ता मध्ये एक जना गोताखोर राजवंशीको शव तीन किलोमिटर तल भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । अर्का एक जना भने अहिलेसम्म बेपत्ता छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १२:३४   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।