काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद्को गतिरोध अन्त्य गर्न सरकार र विपक्षी दलहरूबीच संवाद चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाए मात्र संसद् चल्न दिने निष्कर्ष निकालेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरू सहभागी थिए ।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले बैठकमा सरकारले छानबिन समिति बनाउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिए । ‘सरकारबाट प्रस्ट प्रतिबद्धता आएपछि मात्रै संसद् अघि बढ्छ,’ कुँवरले भने, ‘यस विषयमा अझ केही छलफल गर्न बाँकी छ।’
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।
प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।




















प्रतिक्रिया