Logo

प्रमुख समाचार

तरुण दल केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै पार्टी कार्यालयमा प्रदर्शन



काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आबद्ध युवाहरूले मोटरसाइकल र्‍यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले विभिन्न स्थान हुँदै कांग्रेस पार्टी कार्यालयसम्म मोटरसाइकल र्‍याली निकालेका हुन् ।

२०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट अहिलेसम्म आउँदा ९ वर्ष वितिसकेको भन्दै कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनुले सिंङ्गो संगठन कमजोर बनिरहेको तरुण दलका केन्द्रीय सदस्य रोजन राईले बताए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १५:४४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।