Logo

अर्थ

सान्भी इनर्जीको आइपीओ बाँडफाँड



काठमाडाैं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २० लाख ४३ हजार २४९ जना आवेकदले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए ।

सदर भएका कुल आवेदनमध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १५:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।