काठमाडौं । प्रेस चौतारी नेपालले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीले बुधबार विज्ञप्ति जारी गरेर बिजमाण्डु डटकम र नेपाल खबर डटकमलाई प्रकाशित समाचार हटाउन जिल्ला अदालतले जारी गरेको आदेश र समाचारकै विषयमा पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।
‘संविधानको रक्षा गर्ने जिम्मेवारी सम्मानित अदालतको भन्नेमा हामी प्रष्ट छौं । सम्मानित अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ । त्यस्तै, साइबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउनेछ’, चौतारीले विश्वास जनाएको छ ।





















प्रतिक्रिया