Logo

प्रमुख समाचार

सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन, सदन अझै अनिश्चित



काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो । सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा छन् ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १५:०८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।