Logo

प्रमुख समाचार

एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नागरिक छैनन् : दूतावास



काठमाडौं । लण्डन उड्दै गरेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ । उक्त विमानमा कुनै पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ ।

भारतीय शहर अहमदाबादबाट लन्डनका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा कुल २४२ यात्रु सवार थिए ।

दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार विमानमा कुनै पनि नेपाली यात्रु नरहेको पुष्टि भएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १६:२१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।