काठमाडौँ । विभिन्न संचार संस्थाका सम्पादकहरूले पत्रकार दलभूषण पाठकविरुद्ध जारी भएको पक्राउपूर्जी खारेज गर्न माग गरेका छन् ।
शनिबार विभिन्न संचार संस्थाका सम्पादकहरूले विज्ञप्तिमार्फत पाठकविरुद्ध फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा पक्राउ पुर्जी जारी भएको बताएका हुन् ।
उक्त पक्राउ पुर्जी जारी हुनु विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको उनीहरूको ठहर छ ।
‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।




















प्रतिक्रिया