Logo

प्रमुख समाचार

तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान



काठमाडौं । सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान गरेको हो ।

उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् ।

भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०७:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।