Logo

राजनीति

पूर्वमन्त्री ढुण्डीराज शस्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने



काठमाडौं । उपचारका क्रममा आज निधन भएका पूर्वमन्त्री ढुण्डीराज शस्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि असार ४ गते बुधबार बिहान दुई घण्टा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर शास्त्रीको पार्थिव शरीर असार ४ गते बिहान ९ः ०० बजेदेखि ११ः ०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिएको छ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य, पूर्वमन्त्री शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएकाे जनाएका छन् ।

शास्त्रीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार १७:१०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।