काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियुले वैधानिकता पाएको छ ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीश द्वय डाल कुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले स्ववियु खारेजीको माग गर्दै परेको रिट निवेदन खारेज गरेसँगै स्ववियुले वैधानिकता पाएको हो ।
नेविसंघबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतले स्ववियु खारेजीको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
स्ववियु निर्वाचन हुन नसकेपछि आरआरमा निर्वाचन समितिले सर्वसम्मत रूपमा स्ववियु चयन गरेको थियो ।
अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
त्यसका विरुद्धमा जोशी लगायतले क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारी, स्ववियु निर्वाचन अधिकृत महेश भट्टराई, त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय लगायतका विरुद्धमा रिट निवेदन दायर गरेका थिए ।




















प्रतिक्रिया