काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलामा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् ।
ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ ।




















प्रतिक्रिया