Logo

प्रमुख समाचार

भिजिट भिसा प्रकरणः अवरोध र विरोधलाई वेवास्ता गर्दै सदन चलाउनु दुःखद् : जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी सदन चलाएकोप्रति दुस्ख व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अवरोध र विरोधका बीचमा सदन चलाउन नहुने बताए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

रास्वपाको वेल घेराउबीच सदन सभामुखले चलाएपछि शर्माले भने, सदनमा गम्भीर प्रश्न उठेको छ, अवरोध र विरोधको बीचमा त्यसको वेवास्ता गर्दै सदन चलाउनु दुखद हो।

समस्याको समाधान गर्न किन सक्दैनौँ ? नेतृत्वको काम भनेकै समस्याको समाधान गर्नु हो।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार २२:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।