Logo

समाचार

राजावादी आन्दोलनमा भएकी घाइते रेबिकाले दिइन् सहयोगी राखेर परीक्षा



काठमाडौं । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।

सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचाररत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएकाे छ ।

आजबाट बीबीएस तेस्रो वर्षको परीक्षा सुरु भएको छ ।

१५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १३:०९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।