Logo

प्रमुख समाचार

स्टिकर गोदाममा आगलागी, आगो नियन्त्रणमा



काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ ।

यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । त्यहाँ आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

आगो निभाउन बालाजु दमकल र  जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो ।

सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो ।

 

प्रकाशित मिति : ८ असार २०८२, आईतवार ०८:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।