Logo

अर्थ

१५ वटा गाउँपालिकाले ल्याउन सकेनन् बजेट



काठमाडौँ । १५ वटा गाउँपालिकाले मंगलबार बजेट नल्याएको पाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्नेमा देशभरका १५ वटा गाउँपालिकाहरुले समयमै बजेट ल्याउन नसकेका गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले रातोपाटीलाई बताए ।

उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशका ९ वटा गाउँपालिकाहरुले आज बजेट ल्याएनन् ।

यस्तै बागमती प्रदेशको एक, गण्डीकी प्रदेशका दुई,लुम्बिनी प्रदेशका दुई तथा कर्णाली प्रदेशको एक स्थानीय तहले आज बजेट ल्याउन सकेनन् ।

कोशी र सुदूरपश्चिम प्रदेशमा भने सबै स्थानीय तहले बजेट ल्याएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार २१:४६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।