काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुञ्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर पारित भएका विधेयक समेत संसदको पूर्ण बैठकसम्म पुग्दा चलखेल हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको छ । केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् । यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा समितिका सभापतिले पनि चाँडै अगाडि बढाउन तदारुकता देखाइयोस् ।’
प्रचण्डले नेपालमा समायनकूल ऐन, नियम कानुन परिवर्तन नभएर पनि समस्या आएको बताए । राजतन्त्र र गणतन्त्र पक्षधरबीच बहस भएकाले कानुन संशोधनमा समस्या देखिएको उनले धारणा राखे ।




















प्रतिक्रिया