काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२र८३ मा तलब, भत्ता र अन्य सुविधाबापत ४६ लाख ४८ हजार ९५६ रुपैयाँ बुझेका छन्।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गभर्नर पौडेलले तलबबापत १६ लाख ३२ हजार, बैठक भत्ताबापत ५ लाख ६७ हजार र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गरेका हुन्।
राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यहरूले प्रतिबैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउँछन् । कार्यकारी सञ्चालकहरू ९गभर्नर र डेपुटी गभर्नर० ले तलब र विभिन्न भत्ताहरू पाउँछन् भने सबै सञ्चालकहरूले इन्धन, सवारी मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवा र औषधोपचारजस्ता सुविधासमेत पाउने व्यवस्था छ ।
सञ्चालक समितिका पदाधिकारीमध्ये सबैभन्दा बढी रकम डेपुटी गभर्नर श्री किरण पण्डितको नाममा देखिएको छ ।
गत चैत २४ गते डेपुटी गभर्नर नियुक्त भएका पण्डितले कार्यकारी निर्देशकको कार्यकालमा पाएको तलब तथा भत्तासमेत जोडेर कुल ६१ लाख ९८ हजार ९९५ रुपैयाँ बुझेका छन् । यसमध्ये तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार र अन्य भत्ता तथा सुविधा ४६ लाख ८ हजार ४१५ रुपैयाँ रहेको छ ।
यस्तै, २०८२ फागुन २५ गते कार्यकाल पूरा गरी बिदा भएका निवर्तमान डेपुटी गभर्नरद्वय डा। नीलम ढुंगाना ९तिम्सिना० र श्री बमबहादुर मिश्रले आंशिक अवधिका लागि क्रमशः ५४ लाख १८ हजार ९७१ र ५१ लाख १६ हजार ७७१ रुपैयाँ बुझेका छन् ।
अन्य सञ्चालकतर्फ डा। रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ५ लाख ७६ हजार र अन्य सुविधा २३ लाख ३५ हजार २०१ गरी कुल २९ लाख ११ हजार २०१ रुपैयाँ बुझेका छन् ।
त्यस्तै, सञ्चालक चिन्तामणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार र अन्य सुविधा १८ लाख ९७ हजार ९६९ गरी कुल २४ लाख ४६ हजार ९६९ रुपैयाँ लिएका छन् ।
अर्का सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार र अन्य सुविधा १८ लाख २४ हजार ८१३ गरी कुल २२ लाख ८३ हजार ८१३ रुपैयाँ प्राप्त गरेका छन् ।
अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका अर्थसचिव डा। घनश्याम उपाध्याय बैठक भत्ता ५ लाख ४० हजार र अन्य सुविधा ३ लाख ४८ हजार १२० गरी कुल ८ लाख ८८ हजार १२० रुपैयाँ बुझेका छन् ।
आर्थिक वर्ष २०८२र८३ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका आठ जना पदाधिकारीहरूले तलबबापत ४८ लाख ९६ हजार १००, बैठक भत्ताबापत ३४ लाख २० हजार र अन्य भत्ता तथा सुविधाबापत २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ गरी कुल २ करोड ९९ लाख १३ हजार ७९७ बुझेका छन् ।
समीक्षा वर्षमा राष्ट्र बैंक सञ्चालक समितिको बैठक ६४ पटक बसेको थियो। यसैगरी, कार्यकारी निर्देशकसहित मुख्य व्यवस्थापन पदाधिकारीहरूको समग्र पारिश्रमिकमा २० करोड ५५ लाख ११ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।




















प्रतिक्रिया