काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।
आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ ।
हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा थियो ।
यसैगरी यसैगरी आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ ।
हिजो युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा थियो ।
यसैगरी अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज सामान्य फेरबदल देखिएको छ ।
आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा थियो ।
स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । स्वीस फ्र्यांक एकको खरिददर आज १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा छ ।
हिजो स्वीस फ्र्यांक एकको खरिददर १६९ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७० रूपैयाँ ३६ पैसा थियो ।
अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा छ ।
हिजो अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ४० पैसा र बिक्रीदर ८९ रूपैयाँ ७९ पैसा थियो ।
क्यानेडियन डलर पनि हिजोको तुलनामा आज केही घटेको छ ।
आज क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा छ ।




















प्रतिक्रिया