काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले पार्टीको महामन्त्री पदमा आफू नै वैध रहेको दाबी गर्दै दायर गरेको रिटमाथि आज (बिहीबार) सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । उक्त रिटको सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ ।
ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।
रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिट बुधबार दायर भएको हो ।




















प्रतिक्रिया