Logo

सुरक्षा/अपराध

तिहारको लागि भित्रिएका पटाका बरामद  



काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट साढे चार बोरा विभिन्न किसिमका पटाका र नेश्नल कुरियरले पठाएको बिल नभएको १३ कार्टुन मोबाईल स्क्रिन ग्लास बुधबार बिहान प्रहरीले बरामद गरेको छ । मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २७७० नम्बरको यात्रु बाहक बसमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पटाका र मोबाईल स्क्रिन ग्लास फेला पारी बरामद गरेको हो ।
  
सुनसरी, गढी गाउँपालिका–३ छिटाहास्थित सडकबाट १५ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले उक्त पटाका बरामद गरेको हो । घटनामा संलग्न रहेको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सप्तरी, बलान बिहुल गाउँपालिका-३ मौबाहा नहर चोकस्थित सडकबाट ५ सय ३० प्याकेट नागिन पटाका, २० प्याकेट मिनि बुलेट बम, २ प्याकेट फुलझरी र १८ प्याकेट झिरझिरे गरी करिब ५४ हजार रुपैयाँ मूल्य बराबरको पटाकाहरू बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका साईकलमा सवार अपरिचित व्यक्तिहरुले साईकल छाडी फरार भएपछि प्रहरीले उक्त परिमाणको पटाका र २ थान साइकल बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १३:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।